सिद्ध कुमाखमा खेलकुद एबं संस्कृतिक कार्यक्रम सम्पन्न

No description available.

नवीन पि एम
सल्यान । त्रिवेणी युवा क्लब सिद्व कुमाख गाउँपालिका २ ले आयोजना गरेको श्रीकृष्णजन्माष्टमि विशेष खेलकुद तथा संस्कृतिक कार्यक्रममा शुक्रबार सम्पन्न भएकोछ भदौ १ देखि ३ गते सम्म चलेको कार्यक्रममा चर्चित गयीका टिका सानु गायक प्रेम बिबश घर्ती डान्सर साबित्रा बिस्वकर्मा ,करिना डागि लगाएतको बेजोड प्रस्तुति रहेको क्लबका अध्यक्ष मेक बहादुर बुढाथोेकीले बताए |

“त्रेबेणी युवा क्लबको सान खेलकुद तथा पुराना लोक संस्कृतिको पहिचान ” बन्ने नाराका साथ कृष्ण जन्माष्टमी को अवसर पारेर त्रिवेणी युवा क्लब सिद्व कुमाख गाउँपालिका २ ले सिद्व कुमाख २ चाख्लिघाटमा खेलकुद तथा संस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

No description available.

भदौ १ गते देखि ३ गते सम्म संचालनमा आएको कार्यक्रममा दर्सकहरुको बाक्लो उपस्थिति रहेको थियो कार्यक्रममा साबिक वडा स्तरीय भलिबल प्रतियोगिता पनि भएको छ । जस्मा प्रथम रेउलेभाइ डिजे ,दृतिय कागखोला ,.तृतीय निराजन मा बि ले स्थान ल्याए भने प्रतम हुनेले नगत रु. २५,०००/सहित मेडल प्रमान पत्र दृतिय हुनेले नगत रु. १८,०००/सहित मेडल प्रमान पत्र र तृतीय हुनेले नगत रु.१२,०००/दहित मेडल प्रमाण पत्र पाप्त गरेको र जस्मा गाउपालिका भित्रका जमा १८ वटा टिमको उपस्तिथि रहेको क्लबका अध्यक्ष बुढाथोकीले बताए ।

कार्यक्रम शुक्रबार समापन गरिएको हो । कार्यक्रम प्रमुक अथिथि सिद्ध कुमाख गाउपालिकाका अध्यक्ष भरत गिरि उपाध्यक्ष राम ब. बस्नेत ,वडा अध्यक्षहरु लगायतको उपस्तिथि रहेको थियो । बिभिन्न राजनितिक दल, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधी पत्रकार लगायतको सहभागितामा कार्यक्रमको समापन गरिएको थियो ।

समापन कार्यक्रममा मेला सफल बनाउन योगदान पुर्याउने संघ संस्था तथा व्यक्तित्वहरुलाई माँयाको चिनो दिएर सम्मान समेत गरिएको र कार्यक्रम सफल पार्न आर्थिक भौतिक रुपमा सहयोग गर्ने र खटिने सबैमा अनि कार्यक्रमलाई प्रायोजन गर्ने सम्पुर्णमा आयोजकले धन्यवाद दिएको आयोजकका बिरेन्द्र बोहराले बताए ।

तपाईको प्रतिक्रिया