डिप बोरिङ बिग्रिएपछि कुदुमा खानेपानीका लागि एक घण्टाको यात्रा

May be an image of mountain, nature, sky and tree
जाजरकाेट । डिप बोरिङ बिग्रिएपछि जाजरकोटको भेरी नगरपालिका-१३ का स्थानीय सकसमा परेका छन् । ६० लाख लागतमा तयार भएको बोरिङ मर्मत हुन नसक्दा उनीहरु दैनिक एक घण्टाको यात्रा गरेर खानेपानीको जोहो गर्न बाध्य बनेका हुन् ।

बोरिङ बिग्रिएको पाँच महिना नाघ्दासमेत मर्मतको लागि स्थानीय सरकारले ध्यान नदिएको स्थानीयको आरोप छ । बर्खाको समयमा बोरिङ बिग्रिएपछि खानेपानीको लागि टाढाटाढा पुग्दा पनि सफा पानी नपाइएको उनीहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया