तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै नेकपा जाजरकोटले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

May be an image of 3 people, people sitting and people standing
जाजरकोट । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा जाजरकोटले तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

बुधबार नेकपा जाजरकोटका सेक्रेटरी पौरख मल्लको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही मार्फत ज्ञापन पत्र प्रधानमन्त्री देउवालाई पठाईएको हो ।

सरकारले तीन बुँदे सहमति लागु गरेको अनुभुति दिलाउन सम्पुर्ण बन्दीहरुको रिहाई र सम्पूर्ण मुद्धाहरु खारेजीको प्रक्रिया अविलम्ब थालनी गरोस्, राज्यद्धारा अदालत मार्फत गरिएको सहमति उल्लंघनका घटना र कानुनी प्रक्रिया तुरुन्त बन्द गरी पार्टीका महासचिव, प्रवक्ता लगायतका नेता कार्यकता माथि जारी गरिएको पक्राउ पुर्जी खारेज गरियोस्, राज्यले नेकपालाई तत्काल वार्तामा बोलाई उपयूक्त कार्यहरुको थालनी गर्न पहल गरोस् र एमसीसी सम्झौता खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको सेक्रेटरी मल्लले जानकारी दिए ।

हेर्नुहोस् ज्ञापन पत्र

No description available.

तपाईको प्रतिक्रिया