
पृष्ठभुमि
२०४६ सालमा निर्दलिय पञ्चायती शासन प्रणालीको अन्त्य भइ बहुदलीय व्यवस्थाको स्थापना भयो । तत्कालिन समयको नेकपा(माओवादी ) र यसका जनवर्गीय संगठन र संयुक्त जनमोर्चा संगठनहरुले विभिन्न कार्यक्रम र आन्दोलन गरी शसस्त्र द्वन्द्वको माध्यमबाट राजतन्त्रको अन्त्य गर्ने र जनवादी व्यवस्था लागू गर्ने माओवादी आन्दोलनले प्रमुख उद्देश्य राखेका थिए । उक्त समयमा विभिन्न कार्यक्रम संघर्ष गर्दै २०५२ फाल्गुन १ गते जनयुद्धको घोषणा गरी तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बँुदे माग राख्दै जनयुद्धको शंखघोष गरिएको थियो ।
उक्त समयमा गोर्खामा बसेको तत्कालिन नेकपा (माओवादी) बैठकले जनयुद्धमा जाने निर्णय गरेको थियो । जनयुद्ध घोषणा गरेको दोस्रो हप्तामै गोरखाको सूर्यज्योति माद्यामिक विद्यालय ताकुकोटका प्रधानाध्यापक वीरबहादुर गुरूङ र शिक्षक आशाकाजी श्रेष्ठलाई माओवादी भएकै कारणले विद्यालयबाटै गिरफ्तार गर्न तत्कालीन सरकार पक्षले ठूलो संख्यामा प्रहरी परिचालन ग¥यो र आशाकाजी उम्कन सफल भए तर बीरबहादुरलाई प्रहरीले गिरफ्तार ग¥यो । प्रधानध्यापक रिहाईको माग गर्दै विद्यार्थीहरु धर्नामा बसेका थिए र उक्त आन्दोलनमा विवादले ठूलो रुप लिदा प्रहरीले फाइरिङ ग¥यो उक्त आन्दोलनमा रामप्रसाद भट्ट र दिलबहादुर रम्तेल घाइते भए । उपचारको क्रममा लिदै गर्दा ११ बर्षीय रम्तेलको २०५२ फाल्गुन १४ गते सहादत प्राप्त भयो र दिलबहादुर रम्तेल ऐतिहासिक जनआन्दोलनका प्रथम शहीद भए ।
उक्त घटनाले आन्दोलनलाई अर्को मोड तिर मोडिदिएको थियो । रक्तपात पुर्ण दमनले जनताको मनोभावनामा क्रान्तिकारी बिचार फैलाइदिएको थियो । २०५३ सालमा रामेछाप बेथान चौकी आक्रमण, गर्दै विभिन्न क्षेत्रका चौकी सदरमुकामहरु आक्रमण गर्दै २०५८ साल असार २८ गते रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरि १ को मृत्यु र ५८ जना माओवादीको कब्जामा, साउन १० गते सरकार पक्ष र आन्दोलनरत दुबै पक्षमा सहमति भइ युद्ध बिराम भएता पनि देशको अवस्था गम्भीर तर्फ गइरहेको हुदाँ मंसिर ७ गरे युद्ध फुकाइ देशमा संकटकाल घोषणा गरि दाङको घोराहीमा नेपाली सेनाको ब्यारेक आक्रमण गरि हात हतियार कब्जामा लियो ।
यस्तै, विभिन्न आन्दोलन गर्दै २०६० सालमा पहिलो पटक सरकार र माओवादी बीच शान्ति सम्झौता वार्ता टोलि वर्दियामा बस्यो, दोस्रो नेपालगन्ज र तेस्रो दाङमा बस्यो सत्ता पक्ष र बिद्रोह पक्ष बीचको बार्ता टुङ्गो नलागे पछि माओवादी आन्दोलनले द्रुत गति लियो । २०६२ चैत्र २४ गते तत्कालिन माओवादीले दोस्रो आन्दोलनको शंखघोष गरि २०६३ मा शान्तिपुर्ण आन्दोलनमा माओवादी सामेल भए । माओवादी आन्दोलन शान्तिपुर्ण भैरहेको अवस्थामा राजा ज्ञानेन्द्रद्वारा शाही सेना आन्दोलनले झनै अर्को मोड लियो । ३ दिनको बृहत आन्दोलन पश्चात् राजा ज्ञानेन्द्र द्वारा चैत्र ११ गते संसद पुनर्स्थापित र लोकतन्त्र हासिलको घोषणा भै बृहत शान्ति सम्झौताको भयो ।
माओवादी आन्दोलन सफल भएर पनि असफल हुनका कारणहरु
१ आधार इलाका नबन्नु
२ अपराधिक र अराजक प्रवृत्ति
३ जनताको प्रतिकार
४ फौजी बाटोमा असफल
५ चरम अवसरवादी कार्यकर्ता
६ उग्र क्रान्तिकारी एजेन्डाहरु
७ पदमुखी नेताहरू
८ माओवादी नेतृत्वको सरकार नबन्नु
तत्कालिन समयमा माओवादी आन्दोलनले देशको ८० प्रतिशत भु —भाग कब्जा गरेता पनि आधार इलाका नबन्नु आन्दोलन असफल हुनुको प्रमुख कारण हो । तत्कालिन नेकपा (माओवादी) प्रायः पहाडी इलाकाका ब्यक्तिहरु सामेल भइ द्वन्दमा लागेका थिए । माओवादी पार्टी र छापामारको अराजक शैलीको बढताको कारणले माओवादी नेतृत्वलाई जनताले प्रतिकार गरेका हुन् । यी विविध कारणले माओवादी आन्दोलन असफल भएको हो ।
माओवादी आन्दोलन आफैमा गलत होइन र थिएन । माओवादी आन्दोलनले उठाएका मुद्धा र एजेन्डाको वरिपरि देश चलिरहेको हबिगत कसैले औल्याएर अस्वीकार हुदैन । नेकपा (माओवादी) ले आफ्ना एजेन्डाहरु प्रष्ट उठाएर २०६४ सालको संबिधान सभाको निर्वाचनमा भाग लिएर देशको पहिलो शक्ति बन्यो । २०६५ सालमा कामरेड प्रचण्डको अध्यक्षतामा सरकार बन्यो र संबिधान निर्माण गर्ने निर्णय पारित भयो । उक्त संबिधानमा नेकपा (माओवादी) का एजेन्डाहरु पारित भए । तत्कालिन नेकपा (माओवादी) माओवादी आन्दोलनको प्रमुख एजेन्डा देहाय अनुसारका थिए ।
तत्कालिन (माओवादी) आन्दोलनका एजेन्डाहरु
१. राजतन्त्रको अन्त्य र जनवादी राज्य व्यवस्थाको स्थापना
२. लोकतान्त्रिक, गणतन्त्रको स्थापना
३. संबिधानको कार्यान्वयन
४. संघीयता र समाबेशिता
५.कार्यकारी राष्ट्रपति र उपराष्ट्रपति
६. धर्म निरपेक्षता
७. जातीय विभेद तथा छुवाछूतको अन्त्य
८. प्रत्येक नागरिकलाई आधारभूत तहसम्म निःशुल्क शिक्षाको व्यवस्था आदि ।
बि.स. २०६४ यता देश माओवादीको एजेन्डामा चल्दै आएको छ तर कतिपय एजेन्डाहरु कार्यान्वयन हुन सकेका छैनन् । उक्त एजेन्डाहरु कार्यान्वयन नहुनु भनेको देशको संविधान कार्यान्वयन नहुनु हो । माओवादी आन्दोलनले उठाएका एजेन्डाहरु लाई प्रतिगामी तत्वहरु ले स्वीकार गर्दैनन र कार्यान्वयन हुन दिदैनन् । माओवादी आन्दोलनका एजेन्डाहरु लाई हेर्ने हो भने माओवादी आन्दोलन र जन–आन्दोलन सफल भएको छ । केही कतिपय एजेन्डाहरु कार्यान्वयन भएका छैनन र कार्यान्वयन नहुनुको मुख्य कारण नेकपा(माओवादी केन्द्र) नेतृत्वको सरकार नबन्नु मुख्य कारण हो ।
माओवादी आन्दोलनको जगमा बनेको संबिधानका धारा, उपधारामा माओवादीका एजेन्डाहरु समेटिएका छन् । अपसोच जसको नीति उसकै नेतृत्व नभएका कारणले हाम्रा एजेन्डाहरु छायामा परेका छन् । वास्ताविक संबिधान कार्यान्वयन गर्नका लागि पुनः एकपटक माओवादी केन्द्रलाई जनताले चुन्नुपर्छ ।
नेकपा (माओवादी केन्द्र) लाई चुन्नु पर्ने आधारहरु
१, वास्तविक संबिधानको कार्यान्वयनका लागि
२, जसको नीति उसकै नेतृत्वको लागि
३, सर्वहारा र श्रमजीवी वर्गको उत्थानका लागि
४, देशको राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाको लागि
५, दलित, जनजाति, मधेसी, महिला र सीमान्तकृत बर्गको न्यायको लागि आदि ।
















































। १ भाद्र २०७९, बुधबार