
जाजरेकोट । जिल्लाको छेडागाड नगरपालिकाको एक वडामा सामाजिक सुरक्षा भत्ता लिन आउने जेष्ठ नगरिकलाई गाडीको व्यवस्था गरिने भएको छ । छेडागाड नगरपालिका ६ को विभिन्न स्थानबाट सामाजिक सुरक्षा भत्ता लिन आउने अपांगहरु तथा जेष्ठ नागरिकहरुलाई गाडीको व्यस्था गरिने भएको हो ।
अपांगहरु तथा जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता लिन आउने निकै असहज भएको हुँदा उहाँहरुलाई सहज वातावरणको सिर्जना गर्नको लागि वडा कार्यालयद्धारा निःशुल्क गाडीको व्यवस्था गरिने छेडागाड नगरपालिका ६ का वडाध्यक्ष भक्त बहादुर थापाले बताए ।
उनले भने ‘पुल्ला मीडुका देखि राकाडाँडासम्म सबै वृद्ध अपांगहरुलाइ बोकेर ल्याउन पर्ने बाभ्यता भएकाले गाडीको व्यवस्था गाडीको व्यवस्था गरिएको छ । यो कार्यक्रमलाई प्रभावकारी बनाउन सकियो भने पाँच बर्षीय कार्यकाल भरी लागु गरिने छ ।’
















































। २८ श्रावण २०७९, शनिबार