जाजरकोट । शिवालय गाउँपालिकाले करार कर्मचारीको म्याद थप गर्ने निर्णय गरेको छ । बुधबार अध्यक्ष शेर बहादुर शाहीको अध्यक्षतामा बसेको गाउँपालिका कार्यपालिकाको बैठकले सो निर्णय गरेको प्रबक्ता दिपक बहादुर खडकाले जानकारी दिएका छन ।
गाउँपालिकाका प्रवक्ता खडकाले स्वीकृत दरबन्दी अनुसार गाउँपालिकामा कर्मचारीको आवश्यकतालाई आधार बनाउदै पालिका भित्रका शिक्षक कर्मचारीहरु लगायतको म्याद थप गरिएको बताए । माध्यामिक बिद्यालय र निम्न माध्यमिक बिद्यालयमा बिद्यार्थी संख्याको आधारमा दरबन्दी शिक्षक नभएकोले म्याद थप गरिएको हो । बिद्यार्थी संख्याको आधारमा प्राथमिक बिधालयको हकमा स्वीकृत दरबन्दी अनुसार शिक्षक नभएको बिद्यालयमा अनुदान दिने म्याद थप गरिएको छ भने बिद्यार्थी संख्याको आधारमा पुरा शिक्षक दरबन्दी अनुसारको शिक्षक भएको बिद्यालयमा राख्नुपर्ने नभएपछि म्याद थप गरिएको छैन ।
उनले भने, “जहाँ बिद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी छैन त्यस्ता बिद्यालयमा पालिकाले दिने गरेको अनुदान म्याद थप गरिएको छ । शिक्षक र अन्य कर्मचारीगरि ३२ जना छानबिन समितिको प्रतिबेदनलाई आधार मान्दै म्याद थप नगर्ने कार्यपालिकाको बैठकबाट सर्बपक्षिय सहमतिमा निर्णय भएको हो ।” गाउँपालिकाको गत असार २८ गतेको गाउँसभाको निर्णय अनुसार करार कर्मचारीको म्याद थप गर्ने वा नगर्ने सम्बन्धमा छानबिन समितिको प्रतिबेदन अनुसार आन्दोलित करार कर्मचारीको म्याद थपगर्ने नगर्ने सम्बन्धि गठित कार्यदलको प्रतिबेदन गाउँपालिकामा पेश भएपछि गाउँकार्यपालिकाले सो निर्णय गरेको बताएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको परिपत्र अनुसार सबै कर्मचारी एकैचोटि हटाउदा जनताको दैनिक सेवा प्रवाहमा असर पर्ने भएकोले आवश्यकतालाई आधार मानेर कर्मचारीको म्याद थप गरिएको र वडा कार्यालयहरुमा कर्मचारीको दरबन्दी नभएको र कर्मचारी हटाउदा योजना कार्यान्वयनमा असर पर्ने भएकोले म्याद थप गरिएको प्रबक्ता खडकाको थप भनाइ छ ।
गाउँपालिकामा आवश्यकिय निर्णय गर्नुपर्ने आवश्यक देखिएमा कार्यपालिकाको सर्वपक्षीय सहमति र निर्णय अनुसार थप निर्णय लिइने कार्यपालिका बैठकको निर्णय रहेको उनले बताए । स्थानीय सरकार जनताको घरदैलोको सरकार भएकोले जनताको दैनिक सेवाहरू छिटोछरितो घरदैलोमै पुर्याउन सबै कर्मचारी साथिहरु र जनप्रतिनिधिज्युहरुे एकीकृत रूपमा लागि पर्ने बताउदै उन्नत र बिकसित र समृद्ध शिवालय बनाउन कुनै कसुर बाँकी नराख्ने प्रबक्ता खडकाले बताए । बर्षाको समय भएकोले बाढि पहिरो जस्तो प्रकोपले क्षति नोक्सानी पुर्याउन सक्ने भएकोले गाउँपालिकामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु प्रबक्ता खडकाले भने ।
अन्तत: शिवालय गाउँपालिकाले गर्यो करार कर्मचारीको म्याद थप गर्ने निर्णय
तपाईको प्रतिक्रिया
















































। २६ श्रावण २०७९, बिहीबार