
जाजरकोट । अविरल बर्षाका कारण घर भत्किएर उच्च जोखिममा रहेका पीडितलाई बारेकोट गाउँपालिका उपाध्यक्ष नरबहादुर गिरीले राहत सामाग्री बितरण गरेका छन् ।
उनले स्थलगत निरीक्षण गरेर राहत सामाग्री वितरण गरेका हुन् । गत साता परेको अबिरल बर्षाका कारण बारेकोट गाउँपालिका वडा नं २ का पदम नेपालीको घरमा ठूलो क्षति पुर्याएको थियो । उपाध्यक्ष गिरीले पीडित नेपालीकी श्रीमती पुजा राईलाई खाद्यान्न, ब्लाङकेट, त्रिपाल लगाएतका अत्यावश्यक सामाग्री हस्तान्तरण गरेका हुन् ।
राहत सामाग्री बितरण कार्यक्रममा बारेकोट गाउँपालिकाकी पुर्व उपाध्यक्ष ओमा शाही, वडाध्यक्ष वीर बहादुर घर्तीको उपस्थिति समेत रहेको थियो । तत्कालको लागि सामान्य सामाग्री बितरण गरिए पनि आगामी दिनमा गाउँपालिका भित्रका सम्पुर्ण बाढी पीडितहरुलाई क्षतिपूर्तिको उपयुक्त प्याकेज ल्याउने समेत उपाध्यक्ष गिरीले जानकारी दिएका छन् । अविरल बर्षाका कारण बारेकोट गाउँपालिका भित्र ठुलो क्षती पुर्याएको छ ।
















































। २५ श्रावण २०७९, बुधबार