
जाजरकोट । नेपाली काँग्रेस जाजरकोटले कारवाहीका लागि १५ नेतालाई स्पष्टीकरण माग गरेको छ । गत स्थानीय तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भुमिका निर्वाह गरेको, निस्क्रिय भई बसेका भन्ने उम्मेदवारहरु बाट गुनासो आएपछि कारवाहीका लागि स्पष्टीकरण माग गरिएको नेपाली जाजरकोटका उप सभापति एवं अनुशासन समितिका संयोजक खडकबहादुर बुढाले जानकारी दिए ।
उनले भने, ‘स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारहरुलाई हराउन र निस्क्रिय बसेको भन्ने गुनासोको आधारमा कारवाहीका लागि स्पष्टीकरण माग गरिएको छ ।’
उम्मेदवार सहित वडा र पालिका कार्य समिति बाट निर्णय÷सिफारिस भएकोले नेपाली काँग्रेसको विधान २०१७ ( शंसोधन सहित) को धारा ३४ को उपधारा ४ (क), (ख) र (ग) बमोजिम पार्टी बाट कारवाही गरिनेछ । आफु माथि लागेको आरोप के कस्तो हो वा होइन् ? चित्त बुझ्दो जवाफ सहित पत्र प्राप्त भएको मितिले १५ दिन भित्र लिखित जवाफ सहित स्वंम उपस्थित हुनका लागि पत्र पठाईएको बुढाले बताए ।
स्पष्टीकरण माग गरिएका नेताहरुमा कर्णाली प्रदेश कार्य समिति सहमहामन्त्री रामछाया कुमारी शाही, प्रदेश कार्य समिति सदस्य कमलदीप पुन सहित भुमबहादुर रोकाय कुशे ९, मौतीराम गौतम, जिल्ला कमिटी सदस्य धनसरा शाही, चित्रबहादुर शाही, जिल्ला कमिटी सदस्य भीमबहादुर सिंह, कल्दर सिंह प्रदेश कार्य समिति सदस्य सहितका नेताहरुलाई कारवाहीका लागि स्पष्टीकरण मा गरिएको नेपाली काँग्रेस जाजरकोटले जनाएको छ ।
















































। २५ श्रावण २०७९, बुधबार