जिल्ला प्रशासन कार्यालय जाजरकोटद्धारा ५३ लाख बढी राजस्व संकलन


जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले एक आर्थिक वर्षको अवधिमा करिव ५३ लाख भन्दा बढी रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा विभिन्न शीर्षकमा ५३ लाख २५ हजार ६ सय ८० रुपैयाँ राजस्व संकलन गरेको हो ।

कार्यालयका अनुसार जिल्लामा सबैभन्दा धेरै राजस्व राहदानी बनाउनेहरु बाट दस्तुर स्वरुप संकलन भएको छ । गत आर्थिक वर्षमा राहदानी बनाउनेहरुबाट ४८ लाख ९५ हजार संकलन भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

राहदानी दस्तुरबाहेक प्रशासन कार्यालयले अन्य प्रशासनिक र दण्ड जरिवाना वापत २ लाख ८१ हजार ६ सय २० रुपैयाँ राजस्व संकलन गरेको प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिए ।

कम्पनी रजिष्टेशन ६३ हजार ८ सय २० रुपैयाँ, परिक्षा शुल्क ६ हजार ६ सय र हातहतियार इजाजतपत्र दस्तुरबाट ५६ हजार ७ सय ५० र धरौटी सदस्य बाट २८ हजार ८ सय ६० रुपैयाँ संकलन भएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केसीले बताए ।

तपाईको प्रतिक्रिया