जाजरकोट । स्वास्थ्य संस्थाको वहिर्गमन अभिमत संकलनको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सहकर्मी समाज जाजरकोटको आयोजनामा स्वास्थ्य सेवा कार्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
स्वास्थ्य सेवा कार्यालयले प्रवाह गरिरहेका सेवाहरुको बारेमा सेवाग्राहीको अभिमत सहकर्मी समाजले संकलन गरी प्रस्तुत गरेको थियो । गत जेठमा ३ दिनमा ३० जना सेवाग्राहीलाई सोधिएका विभिन्न १६ वटा प्रश्नहरुको विश्लेषनमा आधारित कार्यक्रम सम्पन्न भएको थियो । स्वास्थ्य कार्यालयमा अवस्था कस्तो छ, सेवा प्रवाहमा नागरिक सन्तुष्टी छन्, नागरिक वडा पत्रको प्रयोग, सरसफाई लगायतका विषयवस्तु समेटी नागरिक अभिमत संकलन गरिएको सहकर्मी समाजका जिल्ला सुशासन तथा वकालत अधिकृत कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।
जिल्ला अस्पतालबाट प्रवाह हुने सेवाका सन्दर्भमा राम्रा र सुधार गर्नुपर्ने पक्षहरु बारे प्रस्तुतीकरण तथा छलफल गरिएको थियो ।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख नवराज कडेलले स्वास्थ्यमा सुधारनुपर्ने पक्षमा आफु सधैं लागि पर्ने बताए । उनले भने, ‘आज उठेका कतिपय विषयहरुको सुधारका लागि म तयार हुनेछु, सबैको सहकार्य र समन्वयमा राम्रो गर्न सकिन्छ ।’
अस्पतालका प्रमुख तथा विभिन्न सेवा इकाईका इन्चार्ज वा प्रतिनिधिका साथै सो कार्यक्रममा नागरिक समाज जाजरकोटका संयोजक, संचारकर्मी, अधिकारकर्मी, भेरी नगरपालिका स्वास्थ्य शाखाका प्रतिनिधि तथा सेवाग्राहीहरु गरी जम्मा ३० जनाको सहभागिता रहेको थियो ।

















































। २४ श्रावण २०७९, मंगलवार