
जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटद्धारा १७ हजार ४ सय ५८ जनालाई नागरिकता वितरण गरिएको छ । गत आर्थिक बर्ष २०७८÷०७९ मा १४ हजार ३ सय ८५ जनालाई नयाँ र ३ हजार ७३ जनालाई नागरिकताको प्रतिलिपी वितरण गरिएको हो ।
नागरिकता प्राप्त गर्नका लागि योग्य भएका ७ हजार ९ सय ६५ पुरुष, ६ हजार ४ सय १८ महिला, १ तेस्रो लिङ्गी, १ वैविवाहिक अंगिगकृत नयाँ नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।
प्रशासनका अनुसार यस भन्दा अगाडी नागरिकता लिएका तर नागरिकता हराएको,च्यातिएका विभित कारण नागरिकता गुमाएका ३ हजार ७३ जनालाई कानुन बमोजिम नागरिकताको प्रतिलिपी वितरण गरिएको छ ।
















































। २४ श्रावण २०७९, मंगलवार