
नविन विएम
सल्यान । नेत्रविक्रम चन्द “विप्लव”नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता बिहिबार बिहान मृत फेला परेका छन् । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर १० मोखला नजिकै पार्टीका विशेष कमिटी सदस्य लोक्पाल के.सी. (महेन्द्र) मृत फेला परेका हुन ।
सल्यानको छत्रेश्वरी गाउँपालिका ४ का केसी बागचौरको मोखला नजिकै घोप्टो परेको अवस्थामा मृत फेला परेको बताइएको छ ।
शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेर घटनाको अनुसन्धानको काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घटनाको थप विवरण आउन बाकी छ |
















































। १९ श्रावण २०७९, बिहीबार