
जाजरकोट । धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी जाजरकोटले सात वटै स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार सात वटै पालिकाको प्रशासनिक केन्द्रमा पुगी पार्टीले विभिन्न समस्याको समाधानका लागि ज्ञापन पत्र बुझाएको हो ।
शहिद, वेपत्ता परिवार तथा घाइते, अपाङ्गहरुलाई आवश्यक संरक्षण गरियोस्, शिक्षाको भएको निजीकरणको अन्त्य गर्दै माद्यामिक तह सम्म गुणस्तरीय र निशुल्क शिक्षाको व्यवस्था गरियोस् लगायतका मागहरु राखी ज्ञापन पत्र बुझाईएको नेकपा भेरी नगर कमिटी इन्चार्ज हिमालले जानकारी दिए ।
बारेकोट, कुशे, जुनीचाँदे, शिवालय गाउँपालिका, भेरी, छेडागाड र नलगाड नगरपालिकालाई ज्ञापन पत्र बुझाइएको छ ।

















































। १८ श्रावण २०७९, बुधबार