
जाजरकोट । जिल्लाको नलगाड नगरपालिका ३ चावलेचौरका दर्जनौ घर पहिरोको उच्च जोखिममा रहेका छन् । स्थानीय र प्रदेश सकारले हचुवाको भरमा सडक निर्माणमा डोजर प्रयोग गर्दा त्यहाँका दर्जनौ घर पहिरोको उच्च जोखिममा परेका हुन् ।
कैना —चावलेचौर जोड्ने सडकमा रहेका एक दर्जन घर पहिरोको उच्च जोखिममा रहेको स्थानीय अमृत पुनले बताए । उनले भने, ‘क्षतिको अनुमान नगरी हचुवाको भरमा खनिएका सडकले उत्पादन हुने जमीन पु¥यो, घर कति वेला बगाउँछ भन्ने डर छ ।’
सडकखण्ड अन्तर्गत अमृत पुन, कृष्ण नेपाली , शान्त पुन,हर्क बहादुर बिष्ट ,पदम बुढा ,युवराम बुढा , शिव राना लगायतका स्थानीय किसानको उब्जनी हुने जमीन पहिरोको चपेटामा परिसकेको छ भने घर समेत उच्च जोखिममा छ । अघिल्लो स्थानीय सरकारले आफुलाई अब्बल देखाउनका लागि गरिएको बिकासले अहिले आफुलाई बिनाशको उपहार दिइरहेको स्थानीयको गुनासो छ ।
शिव रानाले भने, ‘अन्त बस्नलाई अरु ठाउँमा घर जग्गा छैन, यही घरमा बसिराख्ने हो भने आफ्नो घर सङ्गै आफुपनि कतिबेला बर्खे पहिरोको सिकार भइन्छ भनेर रातभरी निन्द्रा लाग्दैन ।’
भारतमा मजदुरी गरेर पनि बर्षमा ४ महिना बल्लतल्ल पुग्ने अन्न उब्जाउने र हातमुख जोर्ने जग्गा सबै पहिरोले बगाएपछी अहिले निकै चिन्तित छन् ।
विकास निर्माणको काममा मापदण्डको प्रयोग गरी निर्माण गर्दा स्थानीय जनतालाई यति सम्मको मार नपर्ने जानकारहरु बताउँछन् । अधिकांश स्थानीय तहले निर्माण गरेका सडकहरु अहिले बेकामे बनेका छन् ।

















































। १७ श्रावण २०७९, मंगलवार