गजल : हाम्रो घरबार हुदैन्

गजल 
जुन छुने तिम्रो सपना साकार हुदैन
म गरिब छु सानु हाम्रो घरबार हुदैन

म संग गाउँमा सानो एउटा घर मात्रै छ
तिमीले चाहेको जस्तै हाम्रो दरवार हुँदैन

तिमीलाई धन सम्पति चाहिन्छ होला
म मजदुर हुँ हाम्रो आफ्नै व्यापार हुदैन

मसंग जे छ त्यसैमा रमाउँछौं भने
हाम्रो सम्बन्ध कहिलै वारपार हुँदैन

गजल

व्यर्थै जलाए मुटु म उसको रानी भन्छेउ रे
सपनीमा उसलाई हाम्रो प्रेम काहानी भन्छेउ रे

दुःखले होईन त्यहि सम्झनले र्झछन मेरा आँसु
पराई सम्झेको मान्छेलाई आज सिरानी भन्छेउ रे

अँध्यारो कोठामा श्रीमानको अंगालोमा हुँदा
उ कहाँ छ खबर सुन्नु छ एक विहानी भन्छेउ रे ।

मान्छे नै हुँ म बाट गल्ति हजार हुनसक्छन्
सिउँदो उसको सिन्दुर मलाई परानी भन्छेउ रे

खुल्ला मैदानमा नरुनु कसैले हेरेको हुन्छ
सुन्छु अफै बनाए जीवनलाई खरानी भन्छेउ रे ।

खुसी हुनुपर्ने हो तिमी असल घर पाएकी छौं
एकान्तमा सम्झँदा आफैलाई हरामी भन्छेउ रे ।

भुपेन्द्र नेपाली(मायालु)
बारेकोट गाउँपालिका २ जाजरकोट

तपाईको प्रतिक्रिया