
Files Photo
एजेन्सी । बहामासको तटमा भएको डुङ्गा दुर्घटनामा हाइटीका कम्तीमा १७ जनाको मृत्यु भएको छ । बहामियाका प्रधानमन्त्री फिलिप डेभिसले डुङ्गामा सवार यात्रु हाइटीबाट अमेरिकाको फ्लोरिडाको मियामीतर्फ जाँदै गरेको अनुमान गरिएको बताउनुभयो । पल्टिएको डुङ्गाबाट २५ जनाको उद्धार गरिएको छ ।
हाइटीमा सामूहिक हिङ्साको वृद्धिसँगै गरिबी बढ्दै गएपछि संयुक्त राज्य अमेरिकामा जोखिमपूर्ण यात्रा गर्ने व्यक्तिहरूको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको बिबिसीले जनाएको छ ।
















































। ९ श्रावण २०७९, सोमबार