जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्च नोयडाले तिज विशेष कार्यक्रम गर्ने भएको छ । आईतबार नोयडा–गाजियाबाद सयुक्त नगर समितिका पदाधिकारीहरुको बैठक बसि उक्त कार्यक्रम गर्न लागिएको नोयडा नगर समितीका अध्यक्ष अनिता नेपालीले जानकारी दिईन् ।
आउँदो भदौ १४ गते हरितालिका तीजको अवसरमा दिल्लीको नोयडामा बसोबास गर्ने नेपाली र उक्त नेपाली मञ्चको आयोजनामा तीज विशेष कार्यक्रम हुन लागेको हो ।
त्यस्तै उक्त बैठकमा गएको स्थानिय चुनाबमा माओबादी केन्द्रको चुनाब परिणाम र समिक्षाका साथै आउँदो प्रदेश र संघीय चुनावमा प्रबासी संगठनको जिम्मेवारी बारे पनि छलफल भएको दिल्ली सयुक्त राज्य समितिका उप– सचिब नारायण बिष्टले बताए ।
अखिल भारत नेपाली एकता मञ्च दिल्लीले उपचारका लागि दिल्ली पुग्ने अशक्त बिरामी तथा पीडित प्रबासीका मुद्दा पनि उठान गर्दै आएको समेत उनको भनाई छ ।
















































। ९ श्रावण २०७९, सोमबार