अपडेट नै हुदैन् जिससको वेवसाइट, पुराना जनप्रतिनिधीको नाम नै अहिले सम्म.


जाजरकोट । जिल्ला समन्वय समिति जाजरकोटको वेवसाइट अपडेट नै नहुने पाईएको छ । नागरिकलाई सूचना, जानकारी प्रदानका लागि खोलिएको वेवसाइट नै अपडेट नहुने भएपछि सूचना बाट नागरिक व्यञ्चित भएका छन् । वेवासाइटमा पुराना जनप्रतिनिधीको नाम, सम्पर्क नम्बर रहेको छ ।

गत जेठ २५ गते भएको निर्वाचनले नयाँ जनप्रतिनिधी आईसकेका छन् । वेवसाइटमा जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल रहेका छन् । उपप्रमुखमा ज्ञानीप्रसाद शर्मा रहेका छन् । यस्तै, निमित समन्वय अधिकारीमा गणेश ढकालको नाम रहेको छ । तर सबै फेरिएका छन् ।

हाल जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्री, उपप्रमुख दलबहादुर सिंह, समन्वय अधिकारीमा कृष्णप्रसाद जैशी आईसकेका छन् तर पनि पुरानै जनप्रतिनिधी र कर्मचारीको विवरण वेवसाइटमा सजाईएको छ । यस्तै, जिल्ला समन्वय समितिको सदस्यहरुको नामावली समेत पुरानै रहेको छ । २०१९ मार्च २० देखि वेवसाइट अपडेट नै छैन् ।

नागरिकको सूचनाको हकलाई प्रत्याभुत गर्ने, कार्यालयका सूचना, जानकारीहरु दिन खोलिएका वेवसाइटहरु नै अपडेट नहुने भएपछि के का लागि खोलिएका हुन् भन्ने प्रश्न समेत उब्जिएको छ । यता समन्वय अधिकारीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन् सकेन् ।

यो हेर्नुहोस् वेवसाइट :

https://dccjajarkot.gov.np

तपाईको प्रतिक्रिया