अवैध नदीजन्य वस्तु ओसारपसार गर्ने दुई वटा टिप्पर प्रहरी नियन्त्रणमा

May be an image of 4 people, people standing and outdoors

जाजरकोट । अवैध रुपमा नदीजन्य वस्तु उत्खनन् गरि ओसारपसार गर्ने दुईवटा टिप्परलाई जाजरकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।

आईतबार भेरी नगरपालिका वडा नं. १३ बराहचौर स्थित सुर्खेत जाजरकोट सडक खण्डमा प्रदेश ३–०१००३ क ७००१ र प्रदेश ३–०१००३ क ७००२ नं.का टिप्परहरुले बालुवा र चिप्स लिई खलंगा तर्फ जादै गरेको अवस्थामा प्रहरी चौकी कुदु बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

भेरी नगरपालिकाले चालु आर्थिक वर्षमा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवाको स्वीकृत टेन्डरबाट स्टक प्रमाणित नगराई तथा गैर कानूनी रुपले नगरपालिका भित्रका विभिन्न क्षेत्रबाट आगामी आर्थिक वर्षको टेन्डर स्वीकृत नभए सम्मको लागि ओसारपसार एवं विक्री वितरण गर्ने कार्य पुर्ण रुपमा बन्द गर्ने र उल्लेखित कार्य गरे गराएमा दण्ड जरिवाना गर्ने भनि निर्णय भए बमोजिम ती ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । ती तिनवटै टिप्परलाई आवश्यक कारवाहीको लागि गिट्टी सहित भेरी नगरपालिकाको कार्यालयमा पठाईएको छ ।

May be an image of 2 people, people standing and outdoors

तपाईको प्रतिक्रिया