
जाजरकोट । नेपाल कम्यूनिष्ट पार्टी (विप्लव) जाजरकोटको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जाजरकोटका सेक्रेटरी पौरख मल्लको अध्यक्षता सम्पन्न उक्त कार्यक्रमको प्रमुख अथिती पार्टीका केन्द्रिय सदस्य तथा स्कुलिङ बिभाग प्रमुख भेषराज भुसाल थिए ।
जिल्ला पार्टी सचिवालय सदस्य सुर्यकिरण शाहीले सन्चालन गरेको उक्त कार्यक्रममा नेता भुसालले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति नेपालको वर्तमान राजनैतिक अवस्था, यसमा संसदीय व्यवस्थाले पारेको प्रभाव,यसको अग्रगामी निकास, त्यसमा हाम्रो भुमिका र पछिल्लो चरणमा पार्टीमा देखिएको अन्तरबिरोध बारेमा महत्त्वपूर्ण प्रशिक्षण दिएका थिए ।
दलाल पँुजीवादी संसदीय व्यवस्था पुर्णतः असफल भैसकेको र वैज्ञानिक समाजवाद मात्र यसको उचित विकल्प भएको भन्दै यतिबेला पनि ब्यक्तिगत रुपमा सबैतिरबाट यो व्यवस्था प्रती बितृष्णा पैदा भैरहेको बताए । कार्यक्रम सभाअध्यक्ष पौरख मल्लले इतिहासले नयाँ जिम्मेवारी हामी सबैलाई सुम्पेको र त्यसलाई पूरा सबै गम्भीर हुन बताउदै कार्यक्रम समापन गरेका थिए ।
















































। ४ श्रावण २०७९, बुधबार