बारेकोटले करार कर्मचारीको म्याद थप गर्ने


खलंगा । जाजरकोटको बारेकोट गाउँपालिकाकाले करार कर्मचारीको म्याद थप गर्ने निर्णय गरेको छ । असार २४ गते बसेको गाउँसभाको वैठकले गाउँपालिकामा रहेका करार कर्मचारीको म्याद थप गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रकाश गिरीले जानकारी दिए ।

उनका अनुसार गाउँपालिका, वडा कार्यालय, कृषि विकास शाखा, पशुपंक्षी शाखा आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा, शिक्षा यूवा तथा खेलकुद शाखा, प्रधानमन्त्री रोजगार कार्यक्रम, राष्ट्रिय परिचय तथा पञ्जिकरण कार्यक्रम, गरिवी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम र नेपाल जलवायू परिवर्तन सहयोग कार्यक्रममा कार्यरत करार कर्मचारीहरुको साउन १ गते देखि ६ महिनाका लागि करार म्याद थप गर्ने निर्णय गरिएको छ ।

जिल्लाको शिवालय गाउँपालिका र छेडागाड नगरपालिकामा करार कर्मचारीहरुको म्याद नथप्ने निर्णय गरेपछि विवाद चुलिदै गएको छ ।

No description available.

तपाईको प्रतिक्रिया