
जाजरकोट । भुरचौर लिप्ट खानेपानी योजनाको निर्माण कार्य सम्पन्न भएको छ । बहुबर्षिय लिप्ट खानेपानी योजनाको निर्माण कार्य दुई बर्षमा सम्पन्न भएको हो । खानेपानी योजनाको निर्माण कार्य उपभोक्ता समिति मार्फत सम्पन्न गरिएको हो ।
आर्थिक बर्ष २०७७÷०७८ बाट सुरु गरिएको भुरचौर लिप्ट खानेपानी योजना आब २०७८÷०७९ मा निर्माण कार्य सम्पन्न भएको खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालय जाजरकोटका ईन्जिनियर सर्जुन बुढा क्षेत्रीले जानकारी दिए ।
एक करोड ५ लाख लागतमा निर्माण कार्य सम्पन्न भएको भुरचौर लिप्ट खानेपानी योजना भेरी नदीबाट १८० मिटरको उचाईमा पानी चढाईएको छ ईन्जिनियर बुढा क्षेत्रीले भने–‘१५ हर्सपावरको पम्प प्रयोग गरेर भेरी नदीबाट ४४० मिटर टाँढा, १३० घरमिटरको आरसिसी रिजर्भ टंकी निर्माण गरेर लाईन विस्तार गरिएको छ ।’ उपभोक्ताद्धारा २२ प्रतिशत जनश्रमदान गरिएको खानेपानी योजनाको लागि ५० केभीको टासफर्म जडान गरिएको छ ।
एक घर धाराको अबधारणनुसार उक्त खानेपानी योजनाबाट १३० घरधुरीमा रिडिङ्ग मेसिन जडान गर्नुको साथै धारा निर्माणका सम्पूर्ण सामानहरु उपभोक्तलाई वितरण गरिएको छ । उक्त खानेपानी योजनाबाट १३६ घरधुरीका झण्डै ८१६ जना नागरिक लाभाम्बित भएको ईजिन्जनियर बुढाक्षेत्रीले बताए ।
उक्त योजनाको निर्माण कार्य सम्पन्न पश्चात भेरी नदीको पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यताबाट भुरचौर बासीले मुक्ती पाएका छन् । लिप्ट खानेपानी योजनाको निर्माण कार्य सम्पन्न भएपछि नदीको पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यताबाट त्यहाँका नागरिकले मुक्ती पाएका हुन् ।
भेरी नगरपालिका–१० भुरचौरमा मानव बस्ती कति सालमा बसेको हो भन्ने कुरा त्यहाँको बुढापाका कसैलाई पनि जानकारी छैन् । १३६ घरधुरी रहेको भुरचौरका बासिन्दाहरुले बाह्रै महिना भेरी नदीको पानी गाग्रीमा बोकेर खाने गर्दथ्ये ।
भुरचौरबासीले तीन सय मिटर भन्दा टाढा, उकालो र भिरालो दुरी पारगरेर भेरी नदीको पानी गाग्रीमा बोक्दै आएका थिए । लिप्ट खानेपानी योजनाको निर्माण कार्य सम्पन्नपछि भुरचौरबासी खुशी भएका छन् ।
लिप्ट खानेपानी योजनाको १५ हर्षपावरको पम्प केन्द्रिय प्रसारण लाईनको विद्युतबाट चलाउने गरिएको छ । केन्द्रिय प्रसारण लाईन कहिले काँही लोसेडिङ्ग हुदा वा प्रसारण लाईन अबरुद्ध हुदा पम्प चलाएर नदीको पानी तान्न सकिने अबस्था भने छैन । १३० घनमिटरको रिजर्भ टंकीमा जम्मा भएको पानीले भुरचौर बासीलाई ६ दिनसम्म पुग्ने बताउदै इन्जिनियर वुढाक्षेत्रीले एक दुई दिन विद्युत अबरुद्ध हुदैमा केही फरक नपर्ने बताए ।
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको बजेटबाट खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालय मार्फत उक्त आयोजनाको निर्माण कार्य सम्पन्न गरिएको कार्यालय प्रमुख ज्वालाराज शाहीले जानकारी दिएका दिए ।
भुरचौरमा लिप्ट खानेपानी योजना निर्माणको सफल कार्यले लिप्ट सिंचाई योजना निर्माण गर्न आत्मा बिश्वास पैदा गरेको प्रमुख शाहीको भनाई रहेको छ ।
विद्युतबाट चल्ने पम्पिङ्ग सेटबाट पानी नदीबाट भुरचौरमा चढाउन सफल भएका छौं उपभोक्ता समितिका अध्यक्ष बीर बहादुर शाहीले भने–‘६५ एमएमको जिआई पाईपमा ४०० मिटर लम्बाई दुरीमा प्रति सेकेण्ड ५ लिटर क्षमताको पानी पुर्याउन सफल भएका छौं ।’
















































। २ श्रावण २०७९, सोमबार