
नलगाड । नेपाल कम्यूनिष्ट पार्टी (बहुमत) जाजरकोटले नलगाड नगरपालिकाको एक विद्यालयलाई ३५ हजार आर्थिक सहयोग गरेको छ । नगरपालिकाको वडा नं १३ स्थित भगवती आधारभुत विद्यालयलाई आर्थिक सहयोग गरेको हो ।
विद्यालयमा नीजि तथा प्रशासनिक खर्च अभाव परेको भन्दै गुनासो आएपछि पार्टीले उक्त विद्यालयलाई सहयोग गरेको नेकपा बहुमत जाजरकोटका इन्चार्ज प्रेम प्रकाश वली ( धमिल) ले जानकारी दिए ।
पार्टीले समस्यामा परेका विद्यालयहरुलाई आर्थिक सहयोग गर्दै आएको छ । यस्तै सोही नगरपालिकाको वडा नं ७ स्थित सरस्वती प्राथमिक विद्यालयलाई १८ हजार आर्थिक सहयोग गरेको समेत इन्चार्ज वलीले बताए ।


















































। ३० असार २०७९, बिहीबार