९ बुँदे सहमति गर्दै भेरी ज्ञानोदय क्याम्पसमा लगाइएको ताला खोलियो

No description available.
जाजरकोट । नाैं बुँदे सहमति गर्दै भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटमा लगाईएको ताला खोलिएको छ । बुधबार जिल्ला समन्वय समिति जाजरकोटमा क्याम्पसका प्राध्यापक, विद्यार्थी र सरोकारवालाहरु वीच सहमति भएपछि क्याम्पसमा लगाईएको ताला खोलिएको हो ।

विद्यार्थीहरुले विभिन्न मागहरु राखेर क्याम्पस प्रशासनमा तालाबन्दी गरेका थिए । एमयूले निर्धारण गरेको शुल्क लिनुपर्ने, शिक्षकको व्यवस्था गरिनुपर्ने, प्राध्यापहरुले उपदान लिन नपाउने, पुस्तकालयमा पुस्तकको व्यवस्थापन गर्नुपर्ने, छात्रवृत्रिको व्यवस्था धेरै विद्यार्थीलाई गर्नुपर्ने, छात्रावासको व्यवस्था गर्नुपर्ने, उचित खानेपानीको व्यवस्था गर्नुपर्ने, कम्प्यूटर ल्यावमा इन्टरनेटको व्यवस्था गर्नुपर्ने लगायतका माग सहित मंगलबार विद्यार्थी संघर्ष समितिले क्याम्पस प्रशासनमा ताला लगाएको क्याम्पसका अतिरिक्त क्रियाकलाप संयोजक प्रकाश सिंहले बताए ।

No description available.

उनले भने, ‘क्याम्पसका विभिन्न समस्याहरुलाई समाधानका लागि पहल गर्न माग गर्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरिएको थियो, क्याम्पस प्रमुख सहित प्राध्यापकहरुले सकरात्मक देखिएपछि ताला तोडिएको छ ।’ विद्यार्थीहरु प्रकाश सिंह, प्रेमबहादुर विक, टोपेन्द्र शाही, कालीबहादुुर शाही, प्रेमबहादुर सिंह, पुष्प वली, गोविन्द्र सिंह र भीमबहादुर नेपालीले नेतृत्व गरेका थिए ।

No description available.

No description available.

यस्ता छन् सहमतिका लागि गरिएका प्रतिवद्धताहरु
१. एम.एड. चौथो सेमस्टारको शुल्क सम्बन्धमा भएको सहमति अनुसार चौथो सेमस्टार (२०७८÷०७९) का विद्यार्थीहरुले यस क्याम्पसलाई सात हजार पाँच सय (अभ्यास शिक्षण र शोध प्रश्न लागि ) मात्र बुझाउनुपर्ने र भर्ना शुल्क आठ हजार पाँच सय रुपैयाँ यस अघिका सेमस्टारहरुमा विद्यार्थीलेहरुबाट जम्मा भई सकेकोले एक पटकको लागि यस बर्ष नलिने निर्णय भएको छ ।

२. विद्यार्थीको पठनपाठनको लागि यथासिघ्र आवश्यक शिक्षक व्यवस्था गर्ने,
३. पुस्तकालयमा पाठ्यक्रम आधारित पुस्तक यथासिघ्र उपलब्ध गराउने ।

४ं छात्रवृत्ति वितरण गर्ने व्यवस्था गरिएकोमा वढी विद्यार्थी लाभाम्वित हुने गरी व्यवस्थापन गर्ने
५. छात्रावासका सम्बन्धमा छलफल गर्दा हाल क्याम्पसमा छात्रावास नभएको र सदरमुकामको एक मात्र सरकारी क्याम्पस भएको भएतापनि व्यवस्था नहुँदा गरीव विपन्न असहाय पक्षलाई वा विद्यार्थीलाई छात्रवासमा वसी उच्च शिक्षा हासिल गर्ने अवसर गराउनका लागि छात्रवासको भवन निर्माणका लागि जिल्ला स्थित निकायहरुमा (जिल्ला समन्वय, प्रदेश सरकार तथा स्थानीय तहमा माग गर्ने निर्णय गरियो ।

७. भेरी ज्ञानोदय क्याम्पसमा हाल प्राध्यापकहरुले आवासका रुपमा रहेको प्रयोग गरिएको भवनलाई आवश्यक व्यवस्थापन गरी अर्को छात्रवास भवन नबने सम्मका लागि छात्रावसको रुपमा व्यवस्थापन गर्ने,

८.कम्प्यूटर ल्यावमा नेपाल दुरसंचार ल्त्ऋ को फाईवर नेटवर्क जडान गर्ने निर्णय गरियो ।
९. क्याम्पस प्रशासन र विद्यार्थीहरुको सहमतिमा विद्यार्थीहरुबाट क्याम्पस प्रशासनमा लगाएको ताला खोल्ने निर्णय गरियो ।

No description available.

यी पनि पढ्नुहाेस्

भेरी ज्ञानोदय बहुमुखी क्याम्पसमा तालाबन्दी, विहीबार खाेल्ने सहमति

भेरी ज्ञानोदय क्याम्पसमा उपदानका नाममा ढुकुटीकाे एक करोड सक्ने तयारी

भेरी ज्ञानोदय क्याम्पसका प्रमुखलाई विद्यार्थीले बुझाए ज्ञापनपत्र, समस्या समाधान गर्न माग

तपाईको प्रतिक्रिया