जुनिचाँदेको परालेमा कृषि विकास बैंकको शाखा स्थापना

जाजरकोट । जुनिचाँदे गाउँपालिकाको केन्द्र परालेमा कृषि विकास बैंकको शाखा स्थापना भएको छ । बुधबार औपचारिक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष बेद बहादुर शाही र कृषि बिकास बैंक प्रदेश प्रमुख खुर्सेद अहमदले संयुक्त रुपमा शाखाको उदघाटन गरेका हुन ।
प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शाही र विशेष अतिथि कृषि बिकास बैंक प्रदेश प्रमुख अहमद रहेको कार्यक्रमका अन्य अतिथिमा गाउँपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत, वडाध्यक्षहरु लगायतको रहेको थिए ।
बैंकको शाखा प्रमुख समेत रहेका नरभुपाल थारुले कार्यक्रमको सभाअध्यक्षता गरेका थिए । बैंक स्थापना सँगै अब गाउँपालिकामा हुने आर्थिक कारोबार सहज हुनेछ ।

तपाईको प्रतिक्रिया