नलगाडमा उपोभोक्ता हित सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

No description available.
खलंगा । जिल्लाको नलगाड नगरपालिकामा उपभोक्ता हित सम्बन्धी सचेतनामूल कार्यक्रम तथा सारोकारवाला निकायहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटको आयोजनामा नलगाड नगरपालिकाको कालिमाटी बजारमा बुधवार सम्पन्न भएको हो । कार्यक्रममा नलगाड नगरपालिकाका मेयर डम्बर बहादुर रावल,उपमेयर सरिता सिंह, स्थानीय व्यवसायी, स्थानीय सहरकारी संस्थाहरुका प्रतिनिधी र उद्योग तथा उपभोक्ता हित संरक्षणका कार्यालयको टिम लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उद्योग तथा उपाभोक्ता हित संरक्षण कार्यालयका प्रमुख तथा कार्यक्रममा सभा अध्यक्ष मान वहादुर खत्रीले उपाभोक्ता हित सम्बन्धी कानुनी व्यवस्था लगायतका विभिन्न विषयमा स्थानीय व्यावसायीहरुलाई जानकारी दिएका थिए ।

कार्यक्रममा बोल्दै कार्यालय प्रमुख खत्रीले उपभोक्ता सम्बन्धी अधिकार कानुनमा भएको तर व्यवहारमा नभएको र यसलाई व्यवहारिक बनाउनु आवश्यक रहेको बताए । सामान विक्री गर्दा उपभोक्तालाई विल अनिवार्य दिने, सामान किनवेच गर्दा नाप तौल अनिवार्य गर्न स्थानीय व्यवसायी र उपभोक्तालाई आग्रह गर्नुका साथै नगरपालिकालाई समय—समयमा बजार अनुगमन गर्न समेत नगरप्रमुखलाई आग्रह गरे ।

यस्तै, व्यासायीहरु फाईदामुखी मात्र नभई सेवामुखी बन्न आवश्यक रहेको र सामान आयात गर्दाको समयमा नै व्यावसायीले नाप तौल, मुल्य, लगायतका थुप्रै विषयमा ख्याल गर्नु पर्ने नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि डम्बर बहादुर रावलले बताए । उनले भने, ‘नगरपालिकाले निति तथा निमावली निमार्ण गर्न साथ उपभोक्तालाई ठग्ने कुनै पनि व्यवसायीलाई कार्वाही गरिने छ ।’
घुमन्ते व्यापारिहरुका कारण स्थानीय व्यापारी मारमा परेको स्थानीय व्यावसायी मोहन विकले बताए । उनले भने ‘यदी नगरपालिकाले घुमन्ते व्यापारीहरुलाई नगरपालिका भित्र व्यापार गर्न अनुमति दिएमा हामी नगरपालिकालाई कर दिदैनौं र हामी सबै व्यापारी मिलेर नगरपालिकामा आन्दोलन समेत गर्ने छौं ।’

तपाईको प्रतिक्रिया