भारतीय दुतावासको उपहार बारेकोटमा एम्बुलेन्स

May be an image of 1 person, car, outdoors and text that says 'नेपाल भारत सहयांग'

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकामा भारतीय राजदुतावासले एम्बुलेन्स उपहार दिएको छ । गाउँपालिकाका निर्वतमान अध्यक्ष महेन्द्रबहादुर शाहको विशेष पहलमा दुतावासले गाउँपालिकालाई एम्बुलेन्स उपहार दिएको हो ।

दुई बर्ष अघि गाउँपालिकामा निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने तयारीमा साथ शाहले भारतीय राजदुतावास सँग सहयोग मागेका थिए । नेपाल– भारत मैत्री विकास साझेदादी कार्यक्रमले उक्त एम्बुलेन्स ल्याईएको हो । गाउँपालिकाका वर्तमान अध्यक्ष वीरबहादुर गिरीले महेन्द्र बहादुर शाहले थालेको प्रयासको सकारात्कम कदर गर्दै गाउँपालिकामा एम्बुलेन्स ल्याउन सफल भएका हुन् ।

एम्बुलेन्स सञ्चालन हुने भएपछि बारेकोटवासी निकै खुशी भएका छन् । एम्बुलेन्स नहुँदा यहाँका अधिकांश नागरिकले अकालमा ज्यान गुमाउनु परेको थियो ।

May be an image of 6 people and people standing

तपाईको प्रतिक्रिया