पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि थप २३ लाख कोरोना विरुद्धको खोप आइपुग्यो


बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको थप २३ लाख मात्रा फाइजर खोप काठमाडाँै आइपुगेको छ । पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि २२ लाख ९९ हजार २ सय मात्रा खोप आज आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाले जनाएको छ ।

खोप अभियान सञ्चालन गरिएका २७ जिल्लामा पहिलो मात्रा लगाउन छुटेका बालबालिका र दोस्रो मात्राका लागि सो खोप प्रयोग गरिनेछ । पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने तयारी सरकारले गरेको छ ।

तपाईको प्रतिक्रिया