
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कोरोना भाईरसको समस्या समाधान पश्चात केही हप्तापछि भ्रष्टाचार नियन्त्रण र हिन्दु राष्ट्र पुनर्स्थापनाको निमित्त देशब्यापी आन्दोलन गर्ने बताएका छन् ।
अध्यक्ष पदको पद बहाली पश्चात चाबहिल स्थित पार्टी कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पार्टीमा योगदान ,क्षमता र कृयाशिलताको आधारमा कसैलाई भेदभाव नगरी समान ढंगबाट व्यवहार गरिने बिश्वास दिलाए। हिजो को कहाँ थियो ? कस्तो सम्बन्ध र भुमिका थियो त्यसको लेखाजोखा गरिन्न अब एउटै परिवारको रुपमा टिम स्पिरिटका साथ काम गर्नुपर्ने आबश्यकता थापाले औल्याए ।
कार्यक्रममा बोल्दै अर्का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार जनताको पक्षमा काम गर्न असफल भएको बताए। पार्टीलाई एकताबद्ध बनायर लैजाने र काङ्ग्रेस कम्युनिस्टको बिकल्प बन्ने समेत राणाको दाबी थियो ।
अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनिले पार्टीलाई नयाँ ढंगबाट अघि बढाउने र जनताको बिश्वास जित्ने गरि काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा सचिवालयको तर्फबाट ध्रुब बहादुर प्रधान र भाष्कर भद्राले समेत बोलेको पार्टीका नेता राजाराम बर्तौलाले जानकारी दिए । बिहिबार तीनै अध्यक्षहरुले पद बहाली गरेका छन् ।
















































। २९ फाल्गुन २०७६, बिहीबार