कुशे गाउँपालिकाको बजेट ४९ करोड १६ लाख २० हजार,के मा कति बजेट ?

May be an image of 4 people, people sitting, people standing and indoorरमेश बस्नेत । जाजरकोटले कुशे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ४९ करोड १६ लाख २० हजार रकम विनियोजन गरेको छ । आज गाउँपालिका उपाध्यक्ष देविका सिंहले उक्त बजेट गाउँ सभामा पेश गरेकी थिईन् ।

जसअन्तर्गत वितिय समानिकरण तर्फ ९ करोड ४९ लाख, ससस्त्र अनुदान तर्फ चालु २३ करोड ३७ लाख, ससस्त्र अनुदान पुँजीगत तर्फ ७७ लाख, राजश्व बाडफाँड तर्फ १० करोड ६ लाख, प्रदेश सरकार बाट प्राप्त अनुदान वितिय समानिकरण ९३ लाख १९ हजार, ससस्त्र अनुदान, ५४ लाख ३० हजार ,बिशेष अनुदान ५८ लाख ८७ हजार,समपुरक अनुदान ९१ लाख, प्रदेश राजश्व बाडफाँड ५ लाख रहेको बताइएको छ ।आन्तरिक राजश्व अनुमानित ११ लाख १५ हजार, गत बर्षको अनुमान, १५ लाख ६९ हजार रहेको छ ।

व्ययतर्फको बजेट अन्तर्गत वडा कार्यालयहरुको वार्षिक चालु प्रकृतिका कर्मचारीको पारीश्रमीक खर्च १० करोड ६ लाख, ससस्त्र अनुदान तर्फको खर्च शिक्षकको तलव चालू र पुँजीगत गरि २४ करोड १२ लाख बजेट रहेको छ । विशेष अनुदान रु ५८ लाख ८७ हजार, समपुरक अनुदान ९१ लाख र ससस्त्र अनुदान रु २ करोड ५४ लाख ३० हजार रहेको छ ।

सार्वजनिक निमार्ण खर्च १० करोड ९४ लाख ३ हजार, आर्थिक विकास तर्फ ७९ लाख, कृषि विकास तर्फ २० लाख, पशुपक्षी विकास तर्फ १५ लाख ५० हजार , पर्यटन तर्फ १२ लाख ५० हजार, सहकारी तर्फ १० लाख, सिँचाइ तर्फ ७९ लाख, सामाजिक विकास तर्फ कुल ५ करोड ६ लाख १५ हजार, शिक्षातर्फ रु २ करोड ७७ लाख २५ हजार, गर्भवती महिला तथा किशोरीसँग उपाध्यक्ष कार्यक्रम १५ लाख, स्वास्थ्य कार्यक्रम संचालन २५ लाख, लैगिक समानता तथा सामाजिक समावेशीकरण तथा महिला विकास कार्यक्रम तर्फ २६ लाख ५० हजार, वालवालिका तर्फ वालविकास तथा अन्य कार्यक्रम सचालन गर्न २७ लाख ८६ हजार, जेष्ठ नागरिक सहकार्यक्रम तर्फ रु ५ लाख , अपाङगता भएका वालवालिकाका परिवारलाई स्वास्थ्य विमा र अपाङगता स्वास्थ्य शिविर कार्यक्रममा ३ लाख ५३ हजार, खानेपानी तथा सरसफाइ तर्फ १ करोड ८ लाख, संस्कृति प्रवर्दन तर्फ २३ लाख, खेलकुद तथा मनोरञ्जन तर्फ १० लाख, पूर्वधार विकास तर्फ ३ करोड ४० लाख २० हजार, जसमध्ये स्थानीय सडक तर्फ २ करोड ५४ लाख ५० हजार, पुल तथा झुलुङगे पुल तर्फ रु २० लाख ७० हजार, भवन तथा सवारी विकास तर्फ २५ लाख र सचार तर्फ रु १० लाख सडक मर्मत तर्फ रु २५ लाख, विद्युत तर्फ ३४ लाख ५२ हजार, वातावरण तथा विपत व्यवस्थापन तर्फ वन तथा विपत व्यवस्थापन तर्फ कुल ३२ लाख, विपत राहत तथा उद्यार कोषमा रु १५ लाख , वन संरक्षरण तर्फ रु ३ लाख ,ढल निकास तर्फ रु ९ लाख र दलित तथा विपन्न परिवारलाई सुधारिएको चुलो वितरण कार्यक्रम ५ लाख, संस्थागत विकास सेवा पर्दारका सुसाशन तर्फ रु १ करोड ३७ लाख ६९ हजार, एम्वुलेन्स खरिदको सामान्य सेवामा रु १ करोड १७ लाख ६९ हजार, सुरक्षा व्यवस्थापन तर्फ रु १० लाख र अध्यक्ष छात्रबृति कोषका लागि रु १० लाख रकम विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया