टुक्रिने भए कुशेका दुई वडा

जाजरकोट: वडा विभाजन गर्ने निर्णय पास गर्दै कुशे गाउँपालिकाको सातौं गाउँसभा तथा बिधायक सभा सम्पन्न भएको छ । दुई कार्यविधी, एक निर्देशिका पास गर्नुको साथै दुइृ वटा वडालाई बिभाजन गर्ने निर्णय गरेर कुशे गाउँपालिकाको सातौं गाउँसभा तथा बिधायक सभा बिहिबार सम्पन्न भएको हो ।

हाल कायम गरिएको वडाको भुगोल आबश्यकता भन्दा ठुलो हुनुको साथै जनसंख्या पनि धेरै भएको हुदा वडाबाट गरिने कार्यसम्पादनका कामहरुमा असहज भएको हुदा वडा नम्बर २ र ५ लाई गाउँपालिकाको सातौं गाउँसभा तथा बिधायक सभाबाट विभाजन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

वडा बिभाजनका लागि गाउँपालिकाको बिधायक सभाबाट पास गरिएको निर्णयलाई संघीय सरकारले कार्यन्वयन गर्ने जानकारी दिदै अध्यक्ष बस्नेतले उक्त दुइ वटा वडा बिभाजन भए पश्चात वडाको सचिवालयलाई कार्यसम्पादनमा सहजता हुने बताए ।

दुई दिनसम्म चलेको सातौं गाउँसभा तथा बिधायक सभाले स्थानीय बाल अधिकार समिति तथा वडा बाल अधिकार समिति संचालन कार्यविधी–२०७६, बालकोष संचालन कार्यविधी–२०७६ र बाल समुह÷ बाल क्लब तथा बाल संजाल गठन तथा सहजीकरण निर्देशिका–२०७६ लाई दफावार छलफल गरेर पास गरेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

आगामी दुई बर्ष भित्रै कुशे गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्नुको साथै बालमैत्री स्थानीय शासन संचालन गर्ने लक्ष्य लिएको गाउँपालिकाको यस पटक सम्पन्न विधायक सभाले बाल अधिकार प्रबद्र्धन सम्बन्धिका दुई वटा कार्यविधी र एक निर्देशिकालाई पास गरेको अध्यक्ष बस्नेतको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया