कुशे गाउँपालिका शोकमाः आईतबार सार्वजनिक विदा


जाजरकोट । जिल्लाको कुशे गाउँपालिका शोकमा डुवेको छ । गाउँपालिका वडा नं ७ का वडाध्यक्ष एवं गाउँ कार्यपालिका सदस्य मुनबहादुर घर्तीको मृत्युभएपछि गाउँपालिका शोकमा डुवेको हो ।

शनिवार विहान आफ्नै निवासमा घर्तीको असमायिक निधन भएपछि गाउँपालिकाले शनिवार शोक वक्तव्य जारी गर्दै आइतबार गाउँपालिका भित्रका विद्यालय, सरकारी कार्यालय, वडा कार्यालय, संघसंस्थाहरु सार्वजनिक विदा हुने गाउँपालिकाले जनाएको छ ।

कुशे गाउँपालिका ७ का वडाध्यक्षको मृत्यु

May be an image of text

तपाईको प्रतिक्रिया