शिक्षकको लोभलाग्दो कृषि कर्म


जाजरकोट । भेरी नगरपालिका ११ मटेलाका गणेशबहादुर रोकाय पेशाले शिक्षक हुन् । उनी शिक्षक मात्र होइनन् जाजरकोटका सफल कृषक पनि हुन् । कृषि पेशा बाट लोभलाग्दो आम्दानी गर्दै आएका छन् । २०४५ सालदेखि कृषिमा लागेका रोकायले २०६२ साल बाट व्यवसायिक तरकारी खती गर्दै आएका छन् ।

उनका वारीमा अहिले गोलभेडा, खुर्सानी, क्राक्रा, मकै, लौका लटरम्मै फलेका छन् । विद्यालय समय भन्दा अघिपछि रोकायको दैनिक खेतवारीमा वित्ने गरेको छ ।

उनले भने, ‘मेरा बुवा पनि लामो समयदेखि कृषि पेशामा संग्लन हुनुभयो, उहाँको प्रेरणा पनि मलाई मिल्लो, कृषि पेशामा विना झन्झट आफै परिश्रममा कमाई हुने भएपछि मैले कृषि पेशा राजे ।’ उनी सँगै उनकी जीवन संगिनी कृष्णकला रोकायको दैनिक सधैं खेतवारीमा वित्छ । श्रीमान विद्यालय गएको समयमा खेतवारीको हेरचाह, पानी हाल्ने, गोडमेल गर्ने मुख्य श्रेय कृष्णकलालाई जान्छ ।

उनले भनिन्, ‘ससुरा वुवाको प्रेरणाले अहिले हामी कृषि पेशामा छौं, कृषि विकास कार्यालयको सहयोगमा तरकारीमा लाग्ने विभिन्न रोग, किराहरुको औषधी पाएर व्यवसायमा सफलता मिलेको छ ।’

तरिकारी खेती बाट बार्षिक ५ लाख भन्दा रोकाय परिवारको कमाई हुने गरेको छ । उनीहरु बाटै सिकाई गरेर सोही ४५ बर्षिय गोपाल रोकायले पनि कृषि पेशा अंगालेका छन् । उनी अहिले बार्षिक ३ लाख भन्दा बढी कमाई हुने बताउँछन् ।
किसानहरुको समस्या पहिचान र समाधानका लागि कृषि विकास कार्यालय सधैं साथमा रहेको जिल्ला कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपबहादुर नेपालीले बताए ।

पछिल्लो समय जिल्लाका किसानहरुको व्यवसायिक खेती तर्फ आकर्षण बढेको देखिन्छ । जिल्लाभर ९ सय ६ हेक्टर जमिनमा तरकारी खेती भईरहेको छ । जस बाट ८ हजार ४ सय ७९ मेट्रिकटन उत्पादन हुने गरेको छ ।

तपाईको प्रतिक्रिया