यस्ता छन् स्थानीय तहमा एमालेबाट निर्वाचित जनप्रतिनिधिका २० संकल्प

नेकपा (एमाले) बाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरूले २० वटा संकल्प गरेका छन्।

एमालेले गत वैशाख ३० गते भएको स्थानीय चुनावमा निर्वाचित पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षलाई काठमाडौंमा प्रशिक्षण दिएको थियो।

बिहीबार र शुक्रबार भएको प्रशिक्षण पछि उनीहरूले २० बुँदे काठमाडौं संकल्प जारी गरेका हुन्।

संकल्पमा कार्यकालको पाँच वर्षमा के-के गर्ने भन्ने समेटिएको छ। पहिलो बुँदामा ‘हामी शासक होइन, जनताका सेवक हुनेछौं’ लेखिएको छ।

एमालेले वैशाख ३० मा भएको निर्वाचनमा ७५२ पालिकामध्ये २०५ मा प्रमुख/अध्यक्ष र २४० मा उपप्रमुख/उपाध्यक्ष जितेको छ। एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले प्रशिक्षण दिएका थिए।

तपाईको प्रतिक्रिया