
हुम बहादुर कार्की
सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकाको आर्थिक सहयोगमा धान वीउ उत्पादन खेती प्रविधि सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ । हरियाली धान तथा वीउ उत्पादन पकेट सञ्चालन समिति गुर्भाकोटको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो । गत बर्ष देखि गुर्भाकोट नगर कृषि शाखाको आर्थिक सहयोग सन्चालन भएको पकेट क्षेत्र यस बर्ष पनि सन्चालन मै रहेको छ ।
कार्यक्रममा नगर कृषि शाखा का प्रमुख नबराज थापा प्राविधिक सहायक मान बहादुर खत्री र कृषि अनुसन्धान केन्द्र दशरथपुरका प्राबिधिक केशब पोख्रेलद्वारा कृषकलाई धान बीउ तथा उत्पादन बारे प्रशिक्षण दिनुभएको थियो ।
यसैगरी कृषि अनुसन्धान केन्द्र दशरथपुरका प्राबिधिक केशब पोख्रेलले धानको वीउ,उत्पादन,धानका जातहरु,वीउ राख्ने रोप्ने तरिका, मल प्रयोग, लगायत धानमा लाग्ने रोग बारे जानकारी दिदै रोगलाई नियन्त्रण गर्न किटनाशक औषधी प्रयोग बारे दिनुभएको थियो ।

यस पकेट सञ्चालन समितिले गत बर्ष देखि कृषकहरुलाई आवश्यक उन्नत जातका धानका वीउहरु, कृषि औजारहरु, व्यवस्थापन सामग्री तिर्पाल, पोलि व्याग लगायत किटनाशक औषधीहरु अनुदान तथा निःशुल्क वितरण गर्दै आएको समितिले जनाएको छ ।
पहिलो बर्ष उन्नत जातका धानहरु लगाइ फलको राम्रो आश गर्दा गर्दै बेमौसमी वर्षाका कारण धान खेतमै उम्रदा यस बर्ष पनि त्यही दोहोरिने होकि भन्दै उपस्थित किसानहरुले गुनासो ब्यक्त्त गरेका थिए ।
कार्यक्रम हरियाली कृषि बजार सहकारी सस्थां लिमिटेड गुर्भाकोट २ को समन्वय मा सहकारीका पदाधिकारी लगायत सेयर सदस्य र किसानहरु ६० जना को सहभागिता रहेको थियो ।
















































। ३ असार २०७९, शुक्रबार