होलिका अवसरमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता

होलिका अवसरमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता

– कोहलपुर
होलिको अबसरमा बाँकेको कोहलपुरमा मैत्रिपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली बाँके विद्यार्थी सम्पर्क मञ्चको आयोजनामा पत्रकार र विद्यार्थीहरुबिच बैत्रिपूर्ण फुटबल प्रतियोगिता संचालन गरीएको थियो ।

खेलमा कर्णाली बाँके विद्यार्थी सम्पर्क मञ्च बिजयी भएको छ । खेलको पहिलो मिनेटमै कर्णाली बाँके विद्यार्थी सम्पर्क मञ्चका खेलाडीले एक गोल गर्दा टिमलाई अग्रता दिलाएका थियो । पहिलो हाफमा २ गोल गरेको मञ्चले दोस्रो हाफमा थप १ गोत गरेको थियो । पत्रकारको टिमले खेलको पहिलो हाफमा निकै उत्कृष्ट खेल प्रदर्शन गरेपनि गोल गर्न भने सकेन । खेलको अन्तिम समयमा पत्रकारहरुको टिमले १ गोल फर्काएको थियो ।

नेपाली सँस्कृतीलाई जगेर्ना गर्दै एकआपसमा आत्मियता बढाउने उद्धेश्यले प्रतियोगिता आयोजना गरीएको मन्चका अध्यक्ष टोपराज जैसिले बताए ।

कोहलपुर नगरवालिका वडा नं. १ का वडाध्यक्ष गोपि खनालको प्रमुख आतिथ्यतामा संचालन गरीएको प्रतियोगिता तथा होलि मिलन कार्यक्रमको सभापतीत्व कर्णाली बाँके विद्यार्थी सम्पर्क मञ्चका अध्यक्ष टोपराज जैसिले गरेका थिए ।

कोहलपुर नगरपालिका १ कौशिलानगरस्थित कृष्ण माविको खेल मैदानमा भएको मैत्रिपूर्ण फुटबल प्रतियोगितामा नेकपा प्रदेश नं. ५ कमिटि सदस्य प्रेम भुसाल, नरेन्द्र न्यौपाने, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य गणेश शाहि, अनेरास्ववियू केन्द्रीय सदस्य राजेन्द्र बिष्ट, पत्रकार महासंघ ५ नं. प्रदेश सदस्य शिव सुनार, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष प्रदिप वाग्ले, प्रेस संगठन बाँकेका सहसंयोजक हेमन्त विक, अनेरास्ववियू जिल्ला संयोजक सुरेन्द्र जंग शाह, राष्ट्रिय युवा संघ नेपालका बाँके जिल्ला सह संयोजक आकास कार्कि, नेपाली काङ्ग्रेस कोहलपुर नगर कमिटि सह सचिव सुशील सापकोटा लगायत उपस्थित भएका थिए ।

तपाईको प्रतिक्रिया