
जाजरकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले आज ( शुक्रबार) बाट यात्रुबाहक सवारी साधनमा टाईम कार्ड लागू गरेको छ ।
तीव्र गतिका कारण सवारी दुर्घटना बढ्दै गएपछि यसलाई न्यूनिकरण गर्न यात्रुबाहक सवारी साधनहरुमा टाईम कार्ड लागु गरिएको हो । छिन्चु जाजरकोट सडकखण्डमा चल्ने सम्पुर्ण सार्वजनिक सवारी साधन, खलंगा देखि कुदु हुदै छेडाचौर सम्मका लागि टाईम कार्ड लागु गरिएको छ । टाईम कार्ड लागु भएपछि समय भन्दा अगावै सवारी साधन तोकिएको स्थानमा आइपुगेमा कार्वाही गरिनेछ ।
टाई काड लागु भएपछि एक अर्काबिच प्रतिस्पर्धा कम हुने भएकाले दुर्घटना समेत कम हुने सवारी चालकहरु बताउँछन् । टाईम काड लागु भएपछि दुर्घट्ना समेत न्यूनिकरण हुने चालकको बुझाई छ ।
















































। २७ जेष्ठ २०७९, शुक्रबार