पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँ घट्यो

काठमाडौँ l नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको हो।
निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

सरकारले बजेटमार्फत् कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया