
आराम छु, आराम चाहान्छु । सर्वप्रथम यस बारेकोट गाउँपालिकाको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भएकोले ५ बर्षको अवधिभर सुखद र सफल कार्यकालको शुभकामना तथा बधाई दिन चाहान्छु ।
अध्यक्ष ज्यु,
हजुर र म पेशाले हजुर पत्रकार, म जडिबुटी व्यवसायी गर्ने व्यक्ती अनि त्यही व्यवसायले आफ्नो बालबच्चाको पालन र भ्रणपोषण गर्न हम्मे हम्मे हुनेकुरा छ्र्लङ्गै हुदाँहुदै पनि हजुरले गाउँ बस्ती, दुर दराजको विकास,समाज परिवर्तन र दैनिक जीवनयापन गर्ने सवालमा हाम्रा बस्तीहरुको मुहार फेर्न सकिन्छ की भनेर राजनीतिमा होमिनुभयो र पत्याए जनताले पनि, अब मुस्किल यहाँ छ । कुनै पनि एउटा सक्रिय तत्व छ ।
जुन राम्रा काम गरेको मा पनि बढाईचढाई गरि व्यक्तिगत चरित्र माथी पनि आरोप लगाई चरित्र हत्या गर्न पछि नपर्ने छन् ती तत्वदेखि सधै सजग रहनुहोला । किनकि छ बर्ष सम्म तपाईकै गाउँको रोटी र हावापानीले बाँचेको ब्यक्ति हुँ म । पानी पँधेंरो , भिरपाखा, उकाली ओराली, ध्यारगाउँ –लिम्सा सम्म कक्षामा पढाई संचालनको वेला बाहेक बाँकी समयमा सहपाठी र सहयात्री हुँदै हामी अहिले आएर हजुरले पाएको महत्वपूर्ण जिम्मेवारी हामी सँग पनि जोडिएको छ ।
तर मेरो व्यक्तिगत रुपमा मेरो निजी जीवनस्तर माथी उकास्दिनुस् म भन्दिन, हामीले भोट दियौं दिएनौं त्यो पनि म भन्दिन्, भौगोलिक नारा लगाएर सिंगो साविकको रोकायगाऊँ गा.बि.स.माथि अपजसको टीका लगाउलान् त्यसमा वाल छैन । तर सवैबाट ठगिएको हाम्रो मुल्साम छ । त्यसलाई अब बनाउनुस् र माथी उकास्नुस् पनि भन्दिन् म । त्यसको सोच–विचार पनि हजुरले पक्कै गर्नुहुनेछ भन्ने आशा गरेको छु । अब म भन्छु, केवल जुम्ला जिल्लाको तातोपानी गा.पा.वडा नं. ८ मा पर्ने ईमिल्चा खोलादेखि जाजरकोट जिल्ला कुशे गा.पा.को वडा नं. ९ मा पर्ने सांटाखोला सम्म सुरुङ्ग मार्गका लागि डिपिआर भई टेण्डरमा गयो भन्ने कुरा सुनेको छु ।
यथार्थ त मलाई थाहा छैन यदि त्यो सत्य हो भने सम्भव भएसम्म ईमिल्चा टेकअफ बारेकोट ३ नं.को डोग्राचौर हुँदै कुशेको सांटाखोला जोड्ने प्रयास गर्नु भयो भने समग्र बारेकोटको र बारेकोटी जनताको भविष्य निर्धारण अवश्य गर्नेछ । ४१७ मेघावाटको नलगाड हाईड्रोपावर संग जोडिएर बारेकोटको बिकासलाई टेवा पुग्नेछ र बारेकोटले चेहेरा फेर्ने छ । यो त भयो विकासको कुरा ।
अर्को छुटाउनै नहुने महत्वपूर्ण कुरा के छ ? भने तत्कालिन गाउँपालिका अध्यक्ष भाई महेन्द्रबहादुर शाहको कार्यकालमा वडा नं. ५ मा मात्रै सोलार प्लाण्ट जडानका कुरा देखि लिएर पालिकामा कर्मचारी राख्ने सम्मका कुराले उनलाई जनताले कालोटीका लगाईदिएका छन् । यदि यो कुरा सही हो या गलत यसको जवाफ स्वयं महेन्द्र भाईले देलान् । यावत् कुरामा यस्तो खालको टीका लगाईमाग्ने कुरामा सजग र सतर्कता अपनाउने कुरामा सधैं ध्यान दिनुहोला ।
अन्य शिक्षा,स्वास्थ्य र रोजगारीका सवालमा म जमिन र हजुर आकाश हो मैंले भनिरहनु परेन । हजुरकै छिमेकी वल्ना घरे, पल्ना घरे ,डिला घरे, छेवा घरे बहिनी ज्वाईहरु कुन देशमा छन् ,यदि विदेशमा छन् भने पढ्न गएका हुन् कि मजदुरी गर्न ,यसको जवाफ ५ बर्षे कार्यकालमा दिनुहोला है । मैले नचाहँदा नचाहँदै पनि एउटा कोट्याउनै पर्ने कुरा के हो त भन्दा खेरि एमालेको सैद्धान्तिक मतमा पनि म गईन् । आदरणीय म्याडम प्रति पनि मेरो मनमुटाव केही छैन् ।
तर कुन तत्व कहाँनेर हरियो घाँस भित्र सर्प झैं लुकेर बसेका छन् । त्यसको आँसा–आँसा केलाएर अघि बढ्ने मेरो मन छ भलै समय लाग्ला कुरा के भने अध्यक्ष भाईको पौने ७ सय मतले लिड गरिरहँदा कम्रेड निशान दाईलाई भेट्टाउनै नदिने तत्वलाई चिन्न मलाई मन छ ।यी खराब तत्व नभेटाउन्जेल सम्म मुल्सामबाट बिद्रोहको ज्वारभाटा दन्किन सक्छ । ति र त्यस्ता तत्व देखि एक म मात्रै होईन् । हामी सबै सजग र सचेत रहनुपर्छ भन्ने कुरा यसै पत्र मार्फत् स्पष्ट्याउन चाहान्छु ।जो जहाँ छन् त्यहाँ खबरदार ।
अन्त्यमा, दाजु भनेर सम्बोधन गरे । फेरि पनि हजुरको ५ बर्षे कार्यकाल सुखद र सफल रहोस् । नेपालका कम्युनिष्ट पार्टीहरु एकजुट हौंला– नहौंला, तपाईंको र मेरो ब्यक्तिगत सहकार्य होला नहोला तर तपाईं बारेकोटी जनताकै भविष्यको डुंगाचालक हामी जनता सबै डुङ्गा चढ्ने मेलिम्यान्, कुन किनारामा लिएर पु¥याउने र उतार्ने जिम्मेवारी जनताको अभिमतले दिएको छ । पार्टी –विपार्टी नभनेर ५ बर्ष पछाडि पनि हजुरलाई जनताले खोजी गरून् भन्ने अपेक्षा राख्दै लालसलाम,अभिवादन सहित नमस्कार ।
प्रेषकः– प्रेमबहादुर बोहरा दुर्गम बस्ती हजुरकै पालिका वडा नं. ३ स्याँला मुल्साम टोलबाट ।
प्रापकः– वीरबहादुर गिरी, बारेकोट गाउँपालिकाको नव निर्वाचित अध्यक्ष(प्रमुख)
















































। २० जेष्ठ २०७९, शुक्रबार