मुगुमा यार्सा संकलन सुरक्षामा खटिएका प्रहरीको मृत्यु

File Photo

मुगु । यार्सा गुम्बा संकलन सुरक्षामा खटिएका प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । मुगुको मुगुम कार्मारोङ गाउपालिका ठुलिकोशीरिमारमा यार्सा संकलन सुरक्षार्थ खटिएका राज बहादुर सिंहको लेक लागेर मृत्यु भएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सिंहलाई मंगलबार विहान देखि टाउको दुख्ने र श्वास–प्रश्वासमा समस्या देखिएपछि प्रहरीले उद्धार गरी सीमा प्रहरी चौकी मुगुमा ल्याएका थिए ।

मुगुमा उपचार संभव नभएपछि बुधबार विहान साढे ११ बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएकोमा अस्पतालले दिउसो १४ः१० बजे मृत घोषणा गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सिंह साविक दैलेख घर भई हाल कोहलपुर नगरपालिका – ११ बाँकेमा बस्दै आएका थिए ।

२०६७ सालमा प्रहरी सेवामा प्रवेश गरेकोमा २०७७ साल देखि जिल्ला प्रहरी कार्यालय अन्तरगत मुगुमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया