कुशेमा नागरिक समाज सञ्जाल गठन, अध्यक्षमा शाही

No description available.
रमेश कुमार बस्नेत,
कुशे । कुशेमा गाउँपालिका स्तरिय नागरिक समाज सञ्जाल पुनः गठन गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, कुशे गाउँपालिकाको आयोजना र पहाडी क्षेत्र बिकास अभियान दोस्रो परियोजनाको सहजीकरणमा कुशे गाउँपालिकाको सभाहलमा एक दिने नागरिक समाज सञ्जाल पुनः गठन र अभिमुखीकरण कार्यक्रम बाट गठन गरिएको हो । यसअघि गठन भएको समितिको संयोजक हरि बहादुर सिंहले आफूले गरेका काम र गर्न बाँकी कामको बारेमा आफ्नो भनाई राख्दै सो समिति विघटन भएको घोषणा गरेका थिए ।

पुनः गठनका लागि प्रक्रियागत रूपमा नागरिक समाज सञ्जाल संचालन निर्देशिका २०७७ को अधिनमा रही गर्नुपर्ने पहाडी क्षेत्र विकास अभियानका बाल संरक्षण संयोजक बिरेन्द्र कुमार थारूले बताए ।

सोही कार्यक्रममा पहाडी क्षेत्र विकास अभियानका बाल सहभागी अधिकृत जितेन्द्र बि सी ले अभिमुखीकरण गरेका थिए भने कार्यक्रममा कुशे गाउँपालिकाको ९ वटै वडाबाट वाल क्लव, वन उपभोक्ता समिति, नागरिक समाज, संचारकर्मी र जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

No description available.

आज (मंगलबार) गठन गरिएको नागरिक समाज सञ्जालको संयोजकमा सर्वसहमत बाट कुशे ५ का विरू शाही चयन भएका छन् ।े सचिवमा कुशे १ का भक्तबहादुर चलाउने चयन भएका छन् । त्यसैगरि सदस्यमा प्रतिमा सिंह, कालिका शाही, मैसरा शाही, प्रमोद चदारा, देवि रोका घर्ती, महेश रावत, अनुजा सिंह, प्रतिमा रोकाय,कमला रावल,राधिका शर्मा, द्रोपति तिरूवा, देवबहादुर सिंह, पशुपति सिंह, जानुका शाही र संचारकर्मीबाट पत्रकार महासंघ कर्णाली प्रदेश महिला सदस्य सुरिता बस्नेत गरी १५ सदस्यीय नागरिक समाज सञ्जाल गठन गरिएको छ ।

सल्लाहकार समितिको संयोजकमा विरेन्द्र कुमार थारू, सदस्यमा अमर ब शाही सहित ५ सदस्य समिति गठन गरिएको कुशेका बाल कल्याण अधिकारी किरणराज आर. सीले जानकारी दिए । उक्त कार्यक्रममा कमला रावल, बिरू शाही र बाल कल्याण अधिकारी किरणराज आर. सी. ले मन्तब्य राखेका थिए ।

नेपाली काँग्रेसका पार्टी सभापति तथा कुशे ६ का भुतपुर्व वडा अध्यक्ष अमर बहादुर शाहीले कार्यक्रमको समापन गरेका थिए । बैठक पुनः जेष्ठ २० गते बस्ने नागरिक समाज सञ्जालका संयोजक विरू शाहीले बताए ।

तपाईको प्रतिक्रिया