करको दायरा समयसापेक्ष संशोधन तथा परिमार्जनका लागि भेरी नगरपालिकालाई ध्यानाकर्षण पत्र

जाजरकोट । करको दायरालाई समयसापेक्ष संशोधन तथा परिमार्जनका लागि भेरी नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाईएको छ । नागरिक समाज जाजरकोटले समयसापेक्ष रुपमा करको दायरालाई संशोधन तथा परिमार्जन अन्य संस्थागत व्यवस्थाका लागि ध्यानाकर्षण पत्र बुझाईएको नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र शाहले जानकारी दिए ।

शाहका अनुसार नगरपालिका भित्र करको मात्रा बढाउने, घटाउने तथा कर नबुझाएको व्यवसायहरुलाई करको दायरमा ल्याउने माग सहित पत्र बुझार्ईएको छ ।

नेपालको संविधानको अनुसुची ८ को दफा ४ मा उल्लेखित स्थानीय कर तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५८ मा उल्लेखित व्यवसाय कर सम्बन्धी व्यवस्था अनुसार यस भेरी नगरपालिकाले संकलन गरिरहेको कर, दस्तुर, महसुल निर्णयमा समयसापेक्ष संशोधन तथा परिमार्जन गर्न माग गरिएको छ ।

यस्तै, संस्थागत विद्यालय, औषधी पसल र उपचार केन्द्र, काष्ठजन्य उद्योग व्यवसाय, जडीवुटी निकासी र जडीवुटी जन्य व्यवसाय, फलामका व्यवसायहरु, ट्यूशन सेन्टरहरु, खेलकुद जिमखानाहरुलाई करको दायरामा ल्याउन माग समेत गरिएको छ ।

No description available.

No description available.

तपाईको प्रतिक्रिया