२५ बर्षपछि कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

May be an image of 4 people and outdoors

जाजरकोट । २५ बर्षपछि प्रहरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई प्रक्राउ गरेको छ । जिल्लाको जुनीचाँदे गाउँपालिका ०७ का जगविलाल रोकायलाई २५ बर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जिल्ला अदालत जाजरकोटको २०५४ वैशाख १ को फैसलाले दश बर्ष कैद सजाय तोकेको थियो ।

अदालत बाट फरार रहेका रोकायलाई विहीबार वेलाका उनकै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरि आवश्यक कारबाहीका लागि जिल्ला अदालत जाजरकोट पुर्याई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । कर्तव्य ज्यान मुद्धामा ज्ञानबहादुर घर्तीले जाहेरी दिएका थिए ।

तपाईको प्रतिक्रिया