भेरीमा एमालेको अग्रता, गठबन्धन पछ्याउँदै


जिल्लाको भेरी नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेको नगर प्रमुखका उम्मेदवार चन्द्रप्रकाश घर्तिले १३३६ मत प्राप्त गरी अग्र स्थानमा छन् भने उनलाई गठबन्धका उम्मेदवार गगनबहादुर खड्काले पछ्याईरहेका छन् । ४ हजार ३ सय ३६ मत गणना गर्दा खड्काले १२८१ मत प्राप्त गरेका छन् ।

एकीकृत समाजवादी बाट नगर प्रमुखका उम्मेदवार कमानबहादुर खड्काले ११४२ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । उपप्रमुखमा गठबन्धन बाट सिता गौतमले १६०८ मत प्राप्त गरेकी छन् भने एमाले बाट उपमेयरका उम्मेदवार सावित्री चन्दले १५०९ मत ल्याएर गौतमलाई पछ्याईरहेकी छन् ।

तपाईको प्रतिक्रिया