छेडागाड १३ मा गठबन्धनको पुरै प्यानल विजयी

जाजरकोट । जिल्लाको छेडागाड नगरपालिका १३ मा सत्तारुढ गठबन्धनका उम्मेदवार मोतिलाल खत्री सहित पुरै प्यानल विजयी भएको छ । १ हजार ७ सय ९० मतदाता रहेको यस वडामा ६९७ मत प्राप्त गरी वडाध्यक्षमा मोतिलाल खत्री निर्वाचित भएका छन् ।

उनका प्रतिद्धद्धी नेकपा एमालेका उम्मेदवारले ५५७ मत प्राप्त गरेका थिए । खुल्ला सदस्य, दलित महिला सदस्य, महिला सदस्य सहित पुरै प्यानल सत्तारुढ गठबन्धनले जितेको छ ।

तपाईको प्रतिक्रिया