
जाजरकोट । जिल्लाको जुनीचाँदे गाउँपालिका ५ मा नेकपा एमालेका उम्मेदवार जयबहादुर बस्नेतको पुरै प्यानल विजयी भएको छ ।
१ हजार २ सय ५३ मतदाता रहेको वडामा ५१२ मत प्राप्त गरी वडाध्यक्षमा जयबहादुर बस्नेत निर्वाचित भएका छन् । उनका प्रतिद्धद्धी नेपाली काँग्रेसका उम्मेदवारले २९७ मत पाएका थिए ।
यस्तै नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले २७३ मत ल्याए । खुल्ला सदस्य, दलित महिला सदस्य, महिला सदस्य सहित पुरै प्यानल नेकपा एमालेले जितेको छ ।
















































। १ जेष्ठ २०७९, आईतवार