भेरीमा गठबन्धन र एमाले वीच कडा प्रतिस्पर्धा, अग्रतामा एमाले

जाजरकाेट । जिल्लाको भेरी नगरपालिकामा गठबन्धन र एमाले वीच कडा प्रतिस्पर्धा चलिरहेको छ । केही समय अघि सम्म गठबन्धनको अग्रता भएपनि अहिले नेकपा एमालेले अग्रता लिएको छ ।

भेरी नगरपालिका १, १३ र २ नम्बर वडाको मत गणना गर्दा एमाले बाट नगर प्रमुखका उम्मेदवार चन्द्रप्रकाश घर्तीले ११८१ मत प्राप्त गरी अग्र स्थानमा छन् भने गठबन्धन ( माओवादी केन्द्र)का उम्मेदवार गगनबहादुर खड्काले ११०८ मत ल्याएर घर्तीलाई पछ्याई रहेका छन् । एकीकृत समाजवादीका बाट नगर प्रमुखका उम्मेदवार कमान खड्का १०६७ मत ल्याएर तेस्रो स्थानमा छन् ।

तपाईको प्रतिक्रिया