जाजरकोटमा माओवादीले खोल्यो खाताः नलगाड – १३ मा पुरै प्यानल विजयी


नलगाड । जाजरकोटमा नेकपा (माओवादी केन्द्र) ले खाता खोलेको छ । नलगाड नगरपालिका १३ मा माओवादी केन्द्रको पुरै प्यानल भारी मतका साथ विजयी भएको छ ।

वडाध्यक्षमा उम्मेदवार सेते गिरीले ४१८ मत ल्याएर विजयी रहेका छन् भने उनका निकट्तम प्रतिद्धद्धी नेपाली काँग्रेसका तेजबहादुर शाहीले १८६ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका वडाध्यक्षमा उम्मेदवार बालकृष्ण बोहराले १०२ मत प्राप्त गरेका थिए ।

स्वतन्त्र उम्मेदवार धनिराम मल्लले ४३ मत प्राप्त गरेका थिए । कुल १०३३ मतदाता रहेको वडामा ८०७ मत खसेको थियो ।

सेते गिरी ४१८ अध्यक्ष
सरिता शाही ४२३ महिला सदस्य
रूप कुमारी कामी ४१० दलित सदस्य
मने दमाई ३९७ सदस्य
राम ब सिंह ४१४ सदस्य

तपाईको प्रतिक्रिया