कुशे ९ मा कांग्रेसका शिव गिरी सहितको प्यानल विजयी

जाजरकोट । जिल्लाको कुशे गाउँपालिका वडा नम्बर–९ मा नेपाली कांग्रेसका सबै उम्मेदवारले जित हासिल गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार शिव गिरी सहितको प्यानल विजयी भएको हो ।

शुक्रबार सम्पन्न स्थानीय निर्वाचनको शनिबार राति सकिएको मतगणनाअनुसार ५ सय ८ मत ल्याएर गिरी वडाअध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रम बहादुर रोकायले ६३ मत, माओवादी केन्द्रका उम्मेदवार नवीन रोकायले ४ सय ६३ मत प्राप्त गरेका छन् ।

महिला सदस्य, दलित महिला सदस्य तथा खुला सदस्यमा समेत कांग्रसका उम्मेदवार विजयी भएका छन् । प्राप्त विवरण अनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा समेत नेपाली कांग्रसको अग्रता छ ।

तपाईको प्रतिक्रिया