![]()
जाजरकोट । जिल्लाको भेरी नगरपालिकामा १३ सय मत गणना गर्दा गठबन्धनको अग्रता कायमै रहेको छ । गठबन्धन बाट नगरप्रमुखका उम्मेदवार गगनबहादुर खड्का ( जीवन) ले ५५६ मत प्राप्त गरी अग्र स्थानमा छन् । उप प्रमुखमा गठबन्धनका सिता गौमतले ६१६ मत प्राप्त गरेकी छन् ।
यस्तै नेकपा एमाले बाट नगरप्रमुखका उम्मेदवार चन्द्रप्रकाश घर्ती ( सिपी)ले ४९१ मत प्राप्त गरेका छन् । उप प्रमुखमा सावित्रा चन्दले ४८३ मत प्राप्त गरेकी छन् ।
एकीकृत समाजवादी बाट नगर प्रमुखका उम्मेदवार कमान बहादुर खड्काले २ सय २४ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार दिपेन्द्र शाही ( डिएन) ले ६ मत प्राप्त गरेका छन् । भेरी नगरपालिका १ र १३ को मत गणना भईरहेको छ ।
















































। ३१ बैशाख २०७९, शनिबार